काठमाडौं ।
आज शुक्रबार सुन र चाँदीको मूल्य सामान्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेर २ लाख ९६ हजार ९०० रुपैयाँ कायम भएको छ। बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९६ हजार रुपैयाँमा कारोबार भएको थियो।
महासंघका अनुसार आज सुनको मूल्य प्रतिदश ग्राम २ लाख ५४ हजार ५४५ रुपैयाँ निर्धारण गरिएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले वृद्धि भएको छ। बिहीबार प्रतितोला ४ हजार ५७० रुपैयाँ रहेको चाँदी आज ४ हजार ५८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। प्रतिदश ग्राम चाँदीको मूल्य ३ हजार ९२७ रुपैयाँ तोकिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारको मूल्य प्रवृत्ति तथा विनिमय दरका आधारमा दैनिक रूपमा नेपाली बजारका लागि सुनचाँदीको मूल्य निर्धारण गर्दै आएको छ।













