काठमाडौं ।
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किने भएका छन् ।हङकङमा रहेका देउवा यहि साउन २६ गते स्वदेश फर्किने तय भएको उनीनिकट नेता डा। प्रकाशशरण महतले जानकारी दिएका छन् ।
यता पूर्वप्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले भने फर्किने मिति तय नभएको बताएका छन् ।‘साउन २६ या २८ गते आउनुहुन्छ,’ उनले भने, ‘तर, डेट फिक्स भइसकेको छैन ।’
देउवा ७ चैत २०८२ मा सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुगेका थिए ।उनी १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए ।












