प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड र ओली बालुवाटारमा

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता भएको छ । उनीहरूबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता जारी छ ।

अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसी र स्थानीय तहको निर्वाचनका विषयमा छलफल भइरहेको बताइएको छ । प्रधानमन्त्रीबाट हटेपछि ओली पहिलोपटक बालुवाटार गएका हुन् ।

  • २३ माघ २०७८, आईतवार १६:३९ प्रकाशित