काठमाडौं ।
गृहमन्त्री सुधन गुरुङले प्रश्न उठेपछि जवाफ दिनुभन्दा पनि पहिला सरकारले काम गरिसक्ने दाबी गरेका छन् । बिहीबार राष्ट्रिय सभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।
राष्ट्रिय सभा सदस्य कमला पन्त प्रस्तावक रहेर मदनकुमारी शाह गरिमा, सोमनाथ पोर्तेल, पुजा चौधरी र पदमबहादुर परियार समर्थनमा मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको तयारीबारे ध्यानाकर्षण प्रस्ताव राखेका थिए ।
सो प्रस्तावमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो दाबी गरेका हुन् । संसद्बाट प्राप्त हुने मार्गदर्शन बमोजिम सरकार सधैं क्रियाशील रहेको उनले बताए ।













