साउनभर राष्ट्रियसभाका ३ बैठक बस्ने

केन्द्रभाग मिडिया

काठमाडौं।

साउन महिनाभर राष्ट्रिय सभाको बैठक आजबाहेक ३ दिन बस्ने भएको छ ।

सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको अद्यावधिक कार्यतालिका अनुसार साउन महिनाको बाँकी अवधिमा राष्ट्रियसभाका बैठक बस्ने भएका छन्। साउन २२, २७ र २८ गते बस्ने कार्यतालिकामा उल्लेख छ ।

२२ गतेको बैठकमा सङ्क्रामक पशुरोग (नियन्त्रण) विधेयक, २०८३ लाई सैद्धान्तिक छलफल हुनेछ । साउन २७ गतेको बैठकमा मधेस प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन, २०८३ मा छलफल गर्ने र आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३ सभामा पेस गरिने उल्लेख छ ।

साउन २८ गतेको बैठकमा अघिल्लो दिन पेस भएको आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल (विचार गरियोस् भन्ने प्रस्ताव) हुने कार्यसूची छ।

  • २१ श्रावण २०८३, बिहीबार १४:२३ प्रकाशित