स्याङ्जामा गोठ भत्किदाँ चौपायाको मृत्यु

केन्द्रभाग मिडिया

स्याङ्जा। स्याङ्जामा गोठ भत्किदा चौपायाको मृत्यु भएको छ ।

स्याङ्जा पुतलीबजार नगरपालिका वडा नम्बर १३ हल्लेखोलाका सागर थापाको ढुंङ्गामाटोले बनेको टिनले छाएको दुई तले गोठ भत्किदाँ एउटा भैंसी र २ वटा पाडोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ । ६ वटा भैसी र पाडो गोठमा रहेको ३ वटा भैसीको सकुसल उद्दार भएको प्रहरीले जनाएको छ ।

आज बिहान अन्दाजी ५ बजे अविरल वर्षाको कारण गोठ भत्किएको प्रहरीले जनाएको छ ।

  • २१ श्रावण २०८३, बिहीबार १३:१९ प्रकाशित