काठमाडौं ।
ललितुरको ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार अन्दाजी ४० वर्षीया महिलाको ज्यान गएको छ । बिहीबार बिहान साढे १० बजेतिर कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बस फ्लाईओभरमा ठोक्किएर दुर्घटना भएको हो ।
एसपी मिश्रका अनुसार बा २ ख ३५९० नम्बरको बस दुर्घटनामा परेको हो । उनीहरुलाई उपचारका लागि बी एण्ड बी अस्पताल पठाइएको छ ।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।













