गोरखा ।
गोरखामा पहिरोले पेट्रोलपम्प र पार्किङमा राखेको पाँच वटा मोटरसाइकल पुरेको छ भने एक घरमा क्षति पुगेको छ । गोरखा नगरपालिका–११ बाह्रकिलो स्थित पेट्रोल पम्प र पालुङटार नगरपालिका–१ कोलकोटेमा एक घरमा क्षति पुगेको हो ।
बिहीवार बिहान करिब ६ बजे पेट्रोल पम्प पछाडिको भागबाट खसेको पहिरोले पम्पको डिस्टेन्सर मेसिन र सो स्थानमा पार्किङ गरेर राखिएका पाँच वटा मोटरसाइकल पुरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।
प्रहरी र स्थानीयको सहयोगमा पहिरो हटाउने काम भइरहेको उनको भनाइ छ ।यसैगरी बुधबार राति लेदोसहितको पहिरोले स्थानीय बाबुराम थापाको एक तले पक्की घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।
घटनामा मानवीय क्षति नभएको उनले जानकारी दिएका छन् ।













