पोखरा ।
पोखरामा सवारी नियम उल्लंघन गर्ने थप ९ विद्यालयका सवारी चालकलाई कारबाही गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीले आज बिहान गरेको विशेष चेकजाँचका क्रममा उनीहरु कारबाहीमा परेका हुन् । प्रहरीका अनुसार कारबाहीमा पर्नेमा करुणनिधि एजुकेशन फाउण्डेसन,प्राइम मन्टेश्वरी,सगरमाथा बोर्डिङ स्कुल र इन्द्र राज्य लक्ष्मी माध्यमिक विद्यालयका चालकलाई ट्रफिक नियमानुसार कारबाही गरिएको छ ।
त्यस्तै आमा एकेडेमी, विन्ध्येश्वरी माध्यमिक विद्यालय, पोखरा दिप मन्टेश्वरी, फुलबारी मन्टेश्वरी र बेस बोर्डिङ स्कुलका सवारी चालकले पनि नियम उल्लंघन गरेको पाइएको छ ।
सोमबार मात्रै ३ वटा विद्यालयका ६ वटा सवारीलाई कारबाही भएको थियो ।कारबाहीमा परेका चालकलाई ट्राफिक नियमका बारेमा सचेत गराउँदै जरिवाना समेत गरिएको प्रहरीले जनाएको छ ।













