स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा र बोका मरेको छ ।
गएराती(साउन १८ गते राती) गल्याङ नगरपालिका वडानम्बर ५ रुपखानी निवासी श्याम रानाको घर नजिकै रहेको बाख्राको खोरमा रहेका सानो ठुलो गरी १० वटा बाख्रा बोकालाई बाघले आक्रमण गरी मारेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।
९ वटा बाख्रा बोका घटनास्थलमै मृत अवस्थामा फेला परेको र १ वटा बाख्रा नभेटिएको प्रहरीले जनाएको छ ।













