सुनसरीको कप्तानगञ्ज घटनाका अर्का घाइतेको पनि ज्यान गयो

केन्द्रभाग मिडिया

काठमाडौं।

सुनसरीको कप्तानगञ्ज घटनाका अर्का एक घाइतेको पनि ज्यान गएको छ । योसँगै कप्तानगञ्ज घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ ।

काठमाडौँ प्रहरी प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार उपचारकै क्रममा मंगलबार घाइते रवीन्द्र मेहता (२२ वर्ष) को ज्यान गएको हो । त्रिवि शिक्षण अस्पतालमा उपचारकै क्रममा उनको ज्यान गएको हो ।

हिन्दु र मुस्लिम दुई पक्षबिच भएको झडपमा प्रहरीले गोली चलाउँदा यसअघि सोही स्थानका दुई युवा ओमप्रकाश मेहता र जयप्रकाश मेहताको ज्यान गएको थियो ।

अर्का एक युवाको सिराहामा प्रहरीकै गोली लागेर ज्यान गएको थियो ।

  • १९ श्रावण २०८३, मंगलवार १२:०९ प्रकाशित