पहिरोले सडक भासिदाँ अरनिको राजमार्ग पूर्ण अवरुद्ध

केन्द्रभाग मिडिया

काभ्रेपलाञ्चोक ।

अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका २, लिपिङमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक केशव केसीका अनुसार मंगलबार बिहान ९:३० बजे पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

पहिरोका कारण सडकखण्डमा सवारीसाधन नचलेपछि चीनसँगको प्रमुख व्यापारिक नाका ठप्प भएको छ ।सडक भासिएको र माथिबाट खन्न नमिल्ने भएकोले वाल लगाएर नउठाइ सडक संचालनमा समस्या हुने प्रहरीले जनाएको छ ।

  • १९ श्रावण २०८३, मंगलवार ११:०४ प्रकाशित