नेपाली कांग्रेस संसदीय दलको बैठक आह्वान

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेस संसदीय दलको बैठक आह्वान भएको छ ।

संसदीय दलको कार्यालय, सिंहदरबारमा सोमबार दिउँसो ३:३० बजे बैठक बोलाइएको कांग्रेस संसदीय दलको कार्यालयले जानकारी दिएको छ ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, संसद्मा पार्टीको भूमिका र अन्य आन्तरिक विषयहरूमा छलफल हुने छ । मुख्य गरी मंगलबारका लागि बोलाइएको प्रतिनिधि सभा र सोमबार नै बस्ने राष्ट्रिय सभा दलको बैठक आह्वान गरिएको हो ।

  • १८ श्रावण २०८३, सोमबार १०:५५ प्रकाशित