काठमाडौं ।
पाकिस्तानको ‘ब्रड पिक’ आरोहणको क्रममा हिमपहिरोमा परि दिवंगत नेपाली पर्वतारोही निर्मल पुर्जालगायतको शव उद्धारमा खटिएको टोली क्याम्प–१ सम्म झर्ने तयारी गरेको छ ।
पहिलो चरणमा हिम पहिरोमा परेर निधन भएको टोलीलाई क्याम्प–१ सम्म ल्याइने उद्धार अभियानको ग्राउन्ड टिमले जानकारी दिएको छ । त्यसपछि सोमबार जापानी क्याम्पसम्म झार्ने तयारी गरिएको छ।
ग्राउण्ट टिमका अनुसार मौसम र हिमालको अवस्था अनुकूल भए जापानी क्याम्पबाट हेलिकप्टरमार्फत उद्धार टोली तथा शवहरूलाई थप सुरक्षित स्थानमा सार्न सकिनेछ ।
दिवंगत आरोहीहरूको शव सुरक्षित रूपमा उद्धार गरी सम्मानपूर्वक स्वदेश फर्काउने टोलीले जनाएको छ ।
हिमपहिरोमा पुर्जासहित अन्य १० जना बेपत्ता भएका थिए । बेपत्ता १० मध्ये ६ जना नेपाली पर्वतारोही रहेका थिए । पुर्जाको निधन भएको शनिबार मात्रै पुष्टि भएको थियो ।
पाकिस्तानको कराकोरम हिमशृङ्खलामा अवस्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकमा गत बिहीबार (१४ साउन) मध्याह्नतिर हिमपहिरो गएको थियो । उक्त हिमपहिरोमा ६ जना नेपालीसहित १० जना आरोही बेपत्ता भएका थिए ।













