समाजमा द्वेष फैलाउने गतिविधि नर्गन सशस्त्र प्रहरीको अनुरोध

केन्द्रभाग मिडिया

काठमाडौं ।

सशस्त्र प्रहरी बलले सामाजिक द्वेष फैलाउने गतिविधिमा नलाग्न अनुरोध गरेको छ ।

सशस्त्र प्रहरीका प्रवक्ता तथा डीआईजी नेत्रबहादुर कार्कीले एक सूचना जारी गर्दै सामाजिक द्वेष फैलाउने, धामिर्क सहिष्णुता बिथोल्ने किसिमका हिंसात्मक, गैह्रकानुनी र उत्तेजक गतिविधिमा संलग्न नहुन अनुरोध गरेका छन् ।

शान्ति सुव्यवस्था र सद्भाव कायम राख्न समन्यात्मक ढंगबाट सशस्त्र प्रहरीले काम गरिरहेको पनि बताइएको छ ।

 

  • १५ श्रावण २०८३, शुक्रबार १४:४२ प्रकाशित