नेकपा केन्द्रीय संयोजन समिति बैठक बस्दैं

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय संयोजन समितिको बैठक बोलाएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार दिउँसो २ बजे बस्नेगरी बैठक बोलाएको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।

ज्वालाका अनुसार पछिल्लो राजनीतिक घटनाक्रम, तराई–मधेसमा भएका घटना, प्रदेश सरकार गठन, सरकारको गतिविधि, पार्टीका आन्तरिक तयारी लगायत रहेका छन् ।

साउन ९ गते नेकपा एमाले र नेकपाबिच प्रदेश सरकार बनाउने विषयमा तीन बुँदे सहमति भएको थियो । बैठकले प्रदेश सरकार गठन तथा सञ्चालनको सम्बन्धमा संयन्त्र गठन हुन सक्ने ज्वालाले बताए । तीन बुँदे सहमतिलाई लिएर पार्टीभित्र कुनै विवाद नभएको उनले जिकिर गरे ।

  • १५ श्रावण २०८३, शुक्रबार १२:०० प्रकाशित