काठमाडौं ।
पाकिस्तानको काराकोरम हिमशृंखलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिकमा हिमपहिरोपछि सम्पर्कविहीन भएका आरोहीहरूमध्ये ४ वटा शव फेला परेको छ ।
स्थलमा खटिएको उद्धार टोलीले ब्रड पिकमा ४ वटा शव फेला पारेको पाकिस्तानको अल्पाइन क्लबका अध्यक्ष इरफान अरशद खानले बताएका छन्।
उनले इन्स्टाग्राममा पोस्ट गर्दै उद्धार टोलीले ४ वटा शव फेला पारेको जानकारी दिएका हुन्। तर, बीबीसीले यो विवरणको पुष्टि गर्न सकेको छैन।
यसअघि पाकिस्तानका लागि नेपाली राजदूत रिता धितालले घटनास्थलमा शव फेला परेको भन्ने विवरण आफूले सुनेको बताएकी थिइन्। तर, त्यस्तो विवरणको अहिलेसम्म आधिकारिक पुष्टि भने नभएको उनले स्पष्ट पारेकी थिइन्।












