सिरहा ।
सुनसरीको देवानगञ्ज नगरपालिकामा भएको घटनाको विरोधमा सिरहामा भएको प्रदर्शन चर्किएको छ ।अहिले गोलबजारको अवस्था तनावग्रस्त बन्दै गएको छ । गोलबजारमा अहिले दुई पक्षबीच झडप भइरहेको छ ।
अवस्था नियन्त्रणमा लिनका लागि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरिसकेको छ ।जिल्ला सुरक्षा समितिको निर्णय अनुसार दिउँसो २ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको प्रशासनले जारी गरेको सूचनामा छ ।
प्रशासनले जारी गरेको सूचना अनुसार पूर्वपश्चिम राजमार्गको पूर्वतर्फ गोलबजार नगरपालिका-३ को कसहा खोलादेखि पश्चिमतर्फ गोलबजार नगरपालिकाको चोहर्वा चोक, उत्तरतर्फ गोलबजार नगरपालिका-६ को सैनिक चोकदेखि दक्षित तर्फ गोलबजार नगरपालिका-४ को राप्रराप्र बहुमुखी क्याम्पस क्षेत्रमा कर्फ्यू लगाएको हो ।
जिल्लाको पछिल्लो सुरक्षा स्थितिको विश्लेषणका आधारमा आद्ददोलन वा हुलदंगा भई शान्ति भंग हुन जाने देखिएको भन्दै जिल्ला सुरक्षा समितिले कर्फ्यू लगाएको जनाएको छ ।













