काठमाडौं ।
प्रधानमन्त्री बालेन शाह र सभामुख डीपी अर्यालबीच भेटवार्ता भएको छ ।बुधबार सभामुख अर्यालले प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेका हुन् ।
विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गर्ने क्रममा सभामुख अर्यालले प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेका हुन् ।भेटवार्ताका क्रममा प्रतिनिधिसभाको बैठकलाई थप प्रभावकारी, मर्यादित र परिणाममुखी बनाउने विषयमा छलफल भएको सचिवालयले जनाएको छ ।
सभामुख अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापासँग पनि भेटवार्ता गरेका छन् ।
यसअघि सभामुख अर्यालले प्रमुख प्रतिपक्षी दलका नेता भिष्मराज आङ्देम्बे, नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का नेता वर्षमान पुनसँग मंगलबार छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।सभामुख अर्यालले मंगलबार नै विभिन्न राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग पनि छलफल गरेका थिए ।
सो क्रममा प्रतिनिधिसभाको कार्य सञ्चालनलाई थप प्रभावकारी बनाउने तथा आगामी बैठकका कार्यसूचीलाई व्यवस्थित ढङ्गले अघि बढाउने विषयमा छलफल भएको थियो।













