प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तको नाम सर्वसम्मत अनुमोदन

केन्द्रभाग मिडिया

काठमाडौं ।

निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तका लागि सिफारिसहरूको नाम सर्वसम्मत अनुमोदन भएको छ ।

आज बसेको संसदीय सुनुवाइ समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्तमा गुरु वाग्ले र डा. राजीव सुब्बाको नाम सर्वसम्मत अनुमोदन भएको हो ।

दुई आयुक्तको सुनुवाइ मंगलबार भएको थियो भने प्रमुख निर्वाचन आयुक्तको सुनुवाइ आज भएको हो ।

  • १३ श्रावण २०८३, बुधबार १६:४४ प्रकाशित