आज कति छ सुनचाँदीको मूल्य ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

सोमबार सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

एक सातादेखि नै सुनको मूल्य बढ्ने क्रम जारी छ । गत सोमबार सुनको भाउ प्रतितोला २ लाख ८४ हजार ६ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ४१० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ४४५ रुपैयाँ कायम भएको छ । गत सोमबार चाँदीको भाउ ४ हजार ३२० रुपैयाँ थियो ।

  • ११ श्रावण २०८३, सोमबार ११:४५ प्रकाशित