पोखरा ।
हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (सोमबार) विहान देशभर साधारणतया बादल लागेको छ । गण्डकी र लुम्बिनी प्रदेशको केही स्थान, बागमती प्रदेशको थोरै स्थान र सुदुरपश्चिम प्रदेशको एक-दुई स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भैरहेको छ ।
आज दिउँसो देशको हिमाली र पहाडी भूभाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ । मधेश तथा कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ ।
देशका हिमाली भूभागका केही स्थानमा तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थान तथा कोशी प्रदेशको तराई भूभाग र मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।
आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
मधेश तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भूभागका केही स्थान र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन रचट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भूभागका पनि एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाले आग्रह गरेको छ ।













