कांग्रेस सभापति गगन थापाको भारत भ्रमण अन्तिम समयमा स्थगित

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ । उनी शनिबार नै भारत जाने तयारी भए पनि आइतबारका लागि सारिएको थियो । तर उनी आइतबार पनि भारत नजाने भएका छन् ।

भारतको नयाँदिल्लीमा पार्टीको जनसम्पर्क समितिको अधिवेशन आयोजना गरिएको छ । सो कार्यक्रममा थापालाई प्रमुख अतिथिको रुपमा बोलाइएको थियो । थापा कार्यक्रममा जान तयार पनि भएका थिए । तर उनले अन्तिम समयमा भारत नजाने निर्णय गरेका हुन ।

कांग्रेस प्रवक्ता देवराज चालिसेले सभापति थापाको भारत भ्रमणको कार्यक्रम स्थगित भएको जानकारी दिएका छन् । त्यसको कारणबारे भने खुलाइएको छैन ।

उनको भारत भ्रमणको नयाँ मिति पनि तय भएको छैन । भारत भ्रमण स्थगित गर्नुको कारण औपचारिक रुपमा कांग्रेसले बताएको छैन । तर आन्तरिक विवाद मुख्य कारण भएको स्रोत बताउँछ ।

  • १० श्रावण २०८३, आईतवार १२:०७ प्रकाशित