आज सुनचाँदीको भाउ बढ्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

आइतबार सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८५ हजार ५ सय रुपैयाँ थियो । गत आइतबार सुनको भाउ प्रतितोला २ लाख ८४ हजार रुपैयाँ थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ३५० रुपैयाँ रहेको चाँदी आज ४ हजार ४१० रुपैयाँ पुगेको छ । गत आइतबार चाँदी ४ हजार २४० रुपैयाँ थियो ।

  • १० श्रावण २०८३, आईतवार ११:५० प्रकाशित