काठमाडौं ।
अघिल्लो दिन १४.१७ अंक बढेको सेयर बजार शुक्रबार ७.९० अंक बढेको छ । यो वृद्धिसँगै बजारको परिसूचक नेप्से २७३४ अंकमा कायम भएको छ । आज बजारको वृद्धिमा बैंकिङको सबैभन्दा महत्त्वपूर्ण योगदान रह्यो । नेप्सेको आजको अंक गत जेठ २७ यताकै उच्च हो ।
दिउँसो ११ स् ४६ बजे नेप्से परिसूचक २७४७ अंकसम्म पुगेको थियो, जुन अंक दिनभरको लागि अधिकतम रह्यो । त्यसपछि अन्तिमसम्म नै बजारको वृद्धि सुस्तायो । आज १४३ कम्पनीको मूल्य बढ्दा ११८ को घटेको छ भने १५ को स्थिर रह्यो ।
आज कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब ६७ करोडको कारोबार भएकोमा आज ६ अर्ब २६ करोडको भएको छ।













