काठमाडौं ।
शुक्रबार एकैदिन सुनको मूल्य तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९१ हजार ३ सय रुपैयाँ थियो । गत माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।
त्यस्तै चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ५०५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ३५० रुपैयाँमा कायम भएको छ ।













