आज १४ अंक बढ्यो सेयर बजार

केन्द्रभाग मिडिया

काठमाडौं ।

अघिल्लो दिन १३.९५ अंक घटेको सेयर बजार आज बिहीबार १४.१७ अंक बढेको छ । यो वृद्धिसँगै बजारको परिसूचक नेप्से २७२६ अंकमा कायम भएको छ ।

दिउँसो १२ स् २३ बजे नेप्से परिसूचक २६८९ अंकसम्म झरेको थियो, जुन आज कारोबार अवधिभरको न्यूनतम अंक रह्यो । आज १४९ कम्पनीको मूल्य बढ्दा ११५ को घटेको छ भने १२ को स्थिर रह्यो ।

कारोबार रकम घटेको छ । अघिल्लो दिन ५ अर्ब १८ करोडको कारोबार भएकोमा आज ४ अर्ब ६७ करोडको भयो ।

  • ७ श्रावण २०८३, बिहीबार १५:२६ प्रकाशित