६ दिनपछि आज घट्यो सेयर बजार

केन्द्रभाग मिडिया

काठमाडौं ।

अघिल्ला ६ कारोबार दिन लगातार बढेको सेयर बजार बुधबार १३.९५ अंक घटेको छ । यो कमीसँगै बजारको परिसूचक नेप्से २७१२ अंकमा अडिएको छ ।

दिनभर बजार रातोमै रह्यो । १२ : ५४ बजे नेप्से २६९४ अंकसम्म झरेको थियो, जुन दिनभरको न्यूनतम अंक हो । गत साताको मंगलबारदेखि हिजो मंगलबारसम्म बजार लगातार बढेर बन्द भएको थियो ।

आज ७७ कम्पनीको मूल्य बढ्दा १९३ को घटेको छ भने ७ को स्थिर रह्यो । कारोबार रकम घटेको छ । अघिल्लो दिन ६ अर्ब ६७ करोड रुपैयाँको कारोबार भएकोमा आज ५ अर्ब १८ करोडको भयो ।

  • ६ श्रावण २०८३, बुधबार १५:३६ प्रकाशित