दोलखा ।
बुधबार दोलखामा पहिरोमा परेर एकजना बेपत्ता छन् ।
बिहान २ः३० बजे गौरीशंकर गाउँ पालिका–९, सिर्पिङ खोला जलविद्युत् आयोजना (सिनर्जी हाईड्रो पावर)को ड्याम नजिकै पहिरो गएको थियोे ।
त्यहाँ बाख्राको गोठ बगाउँदा गोठमा रहेका ७३ वर्षीय तसमान तामाङ बेपत्ता भएका हुन् ।पहिरोका कारण ड्यामका कर्मचारी बस्ने घर समेत पूर्णरुपमा क्षति भएको छ ।
उद्दार र बेपत्ताको खोजीका लागि सशस्त्र प्रहरीले सिंगटीबाट बिपद व्यवस्थापन तालिम प्राप्त जनशक्ति परिचालन गरेको छ ।












