आज बीपी स्मृति दिवस : बीपीको योगदानको स्मरण गर्दै देशभर विविध कार्यक्रम 

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपाली राजनीतिमा प्रजातान्त्रिक समाजवादका प्रणेताका रूपमा चिनिने कोइरालाको वि।सं। २०३९ साउन ६ गते निधन भएको थियो ।

कोइरालाले नेपालको राजनीतिक परिवर्तन र नेपाली साहित्यको श्रीवृद्धिमा पुर्‍याएको अतुलनीय योगदानको स्मरण गर्दै आज नेपाली कांग्रेस र यसका भ्रातृ संस्थाहरूले देशभर श्रद्धाञ्जली सभा, विचार गोष्ठी तथा अन्य रचनात्मक कार्यक्रमहरूको आयोजना गरेका छन् ।

वि।सं।२०१५ को आमनिर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेपछि कोइराला नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए । उनले आफ्नो कार्यकालमा बिर्ता उन्मूलन र ‘जमिन जोत्नेको’ भन्ने क्रान्तिकारी भूमिसुधार कार्यक्रम कार्यान्वयनमा ल्याएका थिए ।

राजनीतिसँगै नेपाली साहित्यमा पनि कोइरालाको विशिष्ट स्थान रहेको छ । उनका ‘दोषी चस्मा’ ९कथा सङ्ग्रह०, ‘तीन घुम्ती’, ‘नरेन्द्र दाइ’, ‘सुम्निमा’, ‘मोदीआइन’ र ‘हिटलर र यहुदी’ जस्ता चर्चित उपन्यासहरू प्रकाशित छन् ।

  • ६ श्रावण २०८३, बुधबार ११:०० प्रकाशित