काठमाडौं।
वीपी स्मृति दिवसको अवसर पारेर बुधबार नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले गरेको कार्यक्रममा नेता डा. शेखर कोइराला पनि सहभागी हुने भएका छन्।
देउवा समूहले वीपी स्मृति दिवसको अवसर पारेर बुधबार दिउँसो १ बजे प्रज्ञा प्रतिष्ठानमा ‘संवाद, सहमति र एकताको आवश्यकता’ विषयक स्मृति सभा आयोजना गरेको छ।
त्यो कार्यक्रममा नेता डा. कोइराला उपस्थित हुने स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए । ‘प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको कार्यक्रममा डाक्टरसाप उपस्थित हुनुहुन्छ,’ थपलियाले रातोपाटीसँग भने ।












