गण्डकी अपडेटः एक संक्रमितको मृत्यु,आज कुन जिल्लामा कति संक्रमित थपिए ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशमा थप एक संक्रमितको ज्यान गएको छ। ज्यान जानेमा स्याङ्जा जिल्ला भिरकोट नगरपालिका ७ का ७२ वर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ।

यो सँगै कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १ हजार ४४१ पुगेको छ ।पछिल्लो २४ घण्टामा प्रदेशमा २३८ जना संक्रमित थपिएका छन् । भने ९३५ जना निको भएका छन् ।

७०४ जनाको परीक्षण गर्दा १० जिल्लाका गरि सो संख्यामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।संक्रमित हुनेमा कास्कीका ९०, गोरखाका ४, मुस्ताङका १, म्याग्दीका १८, लमजुङका १६, तनहुँका ६, नवलपरासीका ११, बागलुङका १२, पर्वतका २० र स्याङ्जाका ५९ जना रहेको निर्देशनालयले जनाएको छ । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक लाख ४९२ पुगेको छ भने निको हुनेको संख्या ९४ हजार ४६२ रहेको छ ।

प्रदेशमा हालसम्म ३ लाख ८० हजार ८७१ जनाको परीक्षण भएको छ । हाल प्रदेशमा ४ हजार ५८९ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ४ हजार ५१९ जना होम आइसोलेसनमा रहेका छन् ।

  • २१ माघ २०७८, शुक्रबार १६:११ प्रकाशित