स्याङ्जामा गोठ भत्किदाँ ६ वटा बाख्रा मर्‍यो

केन्द्रभाग मिडिया

स्याङ्जामा गोठ भत्किदाँ ६ वटा बाख्रा मरेको छ ।

अविरल परेको वर्षाको कारण चापाकोट नगरपालिका ३ कमिरेका ४२ वर्षीय प्रेम सारु मगरको टिनले छाएको धनसार सहितको कच्ची गोठ भत्किदाँ गोठमा रहेका ६ वटा बाख्रा पुरिई मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।

आज दिउँसो एक बजे भएको सो घटनामा मानवीय क्षति भने भएको छैन ।धनसार भित्र रहेको सिलाई मेसिन, फर्निचरका सामान र लत्ताकपडा समेत पुरिएको बताइएको छ ।

  • ४ श्रावण २०८३, सोमबार १७:११ प्रकाशित