जेनजी आन्दोलनका शहीद परिवार र घाइतेको एकीकृत प्याकेज शीघ्र कार्यान्वयन गराउने निर्णय

केन्द्रभाग मिडिया

 

काठमाडौं ।

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेहरूका लागि सरकारले स्वीकृत गरेको एकीकृत प्याकेज शीघ्र कार्यान्वयन गर्नेरगराउने निर्णय भएको छ ।

सरकारका सचिवहरूको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले गत असार १८ गते एकीकृत प्याकेजको व्यवस्था गर्ने निर्णय स्वीकृत गरेको थियो ।उक्त निर्णयलाई शीघ्र कार्यान्वयन गर्ने गराउने निर्णय भएको हो ।

‘जेन–जी आन्दोलनका शहीद परिवार र घाईतेहरूका लागि नेपाल सरकार मन्त्रिपरिषद्ले मिति २०८३।३।१८ मा स्वीकृत गरेको एकीकृत प्याकेजको शीघ्र कार्यान्वयन गर्ने गराउने,’ निर्णयमा भनिएको छ ।

  • ४ श्रावण २०८३, सोमबार १५:५६ प्रकाशित