काठमाडौं ।
काठमाडौंको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा एक जना युवती मृत अवस्थामा फेला परेकी छन् ।नयाँ बसपार्कमा रहेको एक गेस्ट हाउसको कोठामा ३० वर्षभन्दा मुनिकी निशा सुनार मृत फेला परेकी हुन् ।
सुनार कैलालीको धनगढी नगरपालिका वडा नम्बर–७ घर भएर माछापोखरीमा बस्दै आएकी थिइन् । सुनारको हत्या भएको प्रहरीको आशङ्का छ । उनको शव पोस्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
उनको हत्या भएको आशङ्कामा जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ । अहिलेसम्म कोही पनि पक्राउ परिनसकेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गेस्ट हाउस सञ्चालकले कोठाभित्र गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए ।












