मूर्ति चोरीमा सजाय भोगेका लामालाई मन्त्री बनाउन माओवादीको सिफारीस

केन्द्रभाग मिडिया

सुर्खेत ।
कर्णाली प्रदेशमा गैरसांसदलाई मन्त्री बनाउन खोजेपछि विवाद भएको छ । नेकपा माओवादी केन्द्रले छिरिङ दमदोल लामा (कार्चेन लामा) लाई मन्त्री बनाउन लागे पछि सन्तुष्टि बढेको हो ।

जीवनबहादुर शाही नेतृत्वको प्रदेश सरकारमा माओवादी केन्द्रले गणेशप्रसाद सिंह र छिरिङ डम्डोल लामा (कार्चेन)लाई मन्त्री बनाउने तयारी गरेको छ । हुम्लाका कार्चेन गैरसांसद हुन् । प्रदेश कमिटीले कार्चेनको नाम सिफारिस गरेको छ ।

उसोत लामा मूर्ति चोरेको आरोपमा जेल सजाय भोगेका व्यक्ती पनि हुन् । हुम्ला जिल्ला अदालतको अभिलेखमा उनीले २०४९ सालमा तिब्बतको खोचेरनाथ गुम्बाबाट मूर्ति चोरेर ल्याएको अभियोगमा २ बर्ष जेल सजाय व्यतीत गरेका छन् । यिनै कार्चेन लामा दोषी ठहर भई कैद र जरिवाना भुक्तान गरिसकेका व्यक्ति पमाओवादीको प्रदेश कमिटिले मन्त्री सिफारी गरेको हो ।

माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक ठम्मर विष्टले सांसद नभएकालाई मन्त्री बनाउनु जनमतको अपमान भएको बताएका छन् । उनले प्रदेश कमिटिको निर्णय प्रति असन्तुष्टि जनाए । सांसद नभएको व्यक्तीलाई मन्त्री नियुक्त गर्न सिफारीर गर्दा संसद् र जनताको अपमान भएको विष्टले बताए। ।

  • २१ माघ २०७८, शुक्रबार १५:४४ प्रकाशित