पोखराका नाट्यकर्मि अनुप बराल प्रज्ञा प्रतिष्ठानको सिफारिस सदस्यमा मनोनित

केन्द्रभाग मिडिया

प्रधानमन्त्री वालेन्द्र शाहले तीन वटा प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा सभा सदस्यहरुको नाम सिफारिस गर्न गठित सिफारिस समितिका सदस्यहरु मनोनित गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री शाहले नेपाल प्रज्ञा प्रतिष्ठान ऐन, अनुसार सिफारिस समिति सदस्यहरु नारायणप्रसाद ढकाल काठमाडौँ र अर्चना थापा ललितपुरलाई मनोनयन गरेका छन् । प्रधानमन्त्री शाहले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान ऐन बमोजिम बत्सगोपाल वैद्य ललितपुर र लोकबहादर चित्रकार ललितपुरलाई मनोनयन गरे ।

त्यस्तै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान ऐन, अनुसार सिफारिस समिति सदस्यमा लोचन रिजाल पाँचथर र अनुप बराल कास्की लाई मनोनयन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । रासस

  • १ श्रावण २०८३, शुक्रबार १७:११ प्रकाशित