स्याङ्जामा फरार १३ प्रतिवादी पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।
स्याङ्जामा फरार १३ प्रतिवादीहरु पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले टोलिले फरार ९ जना पुरुष र ४ महिला गरि १३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अंशवन्डा मुद्दाका ३ जना, लुटपिट मुद्दाका २ जना, सम्बन्ध विच्छेद मुद्दाका २जना, कुटपिट मुद्दाका २ जना, चोरी मुद्दाका २ जना र चेक अनादर मुद्दाका १ जना र लेनदेन मुद्दाका १ जना रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरुबाट ३० कैद र २३ हजार ४ सय २० रुपैयाँ जरिवाना असुल उपर भएको प्रहरीले बताएको छ ।

  • १ श्रावण २०८३, शुक्रबार १६:४५ प्रकाशित