पोखरा ।
पोखरा महानगरपालिका मझेरीपाटनबाट भरुवा बन्दुकसहित तीन जना प्रकाउ परेका छन् ।
पक्राउ पर्नेमा स्थानीय ५५ वर्षीय अजय नेपाली, २६ वर्षीय सन्जय नेपाली र ३० वर्षीय साजन विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । प्रहरीले उनीहरुलाई गएराति दस बजे पक्राउ गरेको जनाएको छ ।
साजनको कोठाबाट एक नाल भरुवा बन्दुक र फलामको धारिलो हतियार समेत बरामद भएको प्रहरीले जनाएको छ ।थप अनुसन्धानका लागि उनीहरुलाई वडा प्रहरी कार्यालय रामबजारमा राखिएको छ ।













