अवैध रुपमा बालुवा उत्खनन गरी ओसारपसार गर्ने टिपरलाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ ।
पोखरा २५ हेम्जास्थित सेती नदी किनारमा अवैध रुपमा बालुवा उत्खनन गरी सवारी साधनमा भर्दै गरेको अवस्थामा ३ वटा टिपरलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
प्रहरीले पोखरा १९ लामाचौर बस्ने सुजन गुरुङले चलाएको ग १ क ४४७२, सिम्पानी बस्ने विकास घर्तीले चलाएको ग ७६ र याम्दी बस्ने राजु मगरले चलाएको ग १२४ नं।का टिपरलाई गएराती नियन्त्रणमा लिईएको प्रहरी प्रवक्ता वीरेन्द्र पासवानले जानकारी दिए । अवैध रुपमा बालुवा उत्खनन भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीको टोली त्यहाँ पुगेको थियो ।
नियन्त्रणमा लिईएका टिपरलाई आवश्यक कारवार्हीका लागि पोखरा महानगरपालिकाको कार्यालयमा पठाइएको थियो । सो टिपरलाई महानगरले जनही १५ हजार जरिवाना गराई छाडेको छ ।












