ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले बैंकको ऋण र वित्तीय मिटरब्याजको समस्याका कारण देशमा युवाहरूले आत्मदाह र आत्महत्या गर्ने क्रम बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद भाटले ऋण र बेरोजगारीका कारण नागरिकहरू चरम मानसिक तनावमा परेको बताए ।

सांसद भाटले संसदमा बोल्दै गणेश नेपाली जस्ता युवाहरू बेरोजगारीका कारण काठमाडौँ आउनुपरेको र ऋण तिर्न नसकेर आत्मदाह गर्नुपर्ने पीडादायी घटना भएका बताए । ‘गणेश नेपालीको आत्मदाहपछि पनि अन्य तीन जना युवाले आत्महत्या गरिसकेका छन्,’ उनले भने, ‘नेपालमा बैंकको ऋण र वित्तीय ब्याजको मानसिक तनावका कारण दैनिक औसत १८ जनाले ज्यान गुमाउने स्थिति सिर्जना भएको छ। यसलाई तत्काल नरोकिए देश गम्भीर सङ्कटतर्फ धकेलिनेछ।’

उनले राप्रपाका तर्फबाट मजिद अन्सारीमाथि भएको कुटपिटको घटनामा समेत निष्पक्ष छानबिन गर्न माग गरे । सांसद भाटले सन् २०१० मा ट्युनिसियामा घटेको घटनाको उदाहरण प्रस्तुत गरे ।

२५ वर्षीय युवा मोहम्मद बाउजिजीले अनुमति बिना ठेलागाडामा तरकारी बेचेको भन्दै स्थानीय प्रशासनले दुःख दिएको, थप्पड हानेको र अपमान गरेको पीडा सहन नसकी उनले आत्मदाह गरेको प्रसङ्ग उनले उल्लेख गरे ।

  • ३१ असार २०८३, बुधबार १४:५० प्रकाशित