काठमाडौं।
पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड श्रीलंका भ्रमणमा निस्किएका छन् ।
क्षेत्रीय स्थिरता र आर्थिक लचिलोपनसम्बन्धी एसियाली संवादमा सहभागिता जनाउन प्रचण्ड श्रीलंका प्रस्थान गरेको स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए ।
श्रीलंकाको कोलम्बोमा १६–१७ जुलाईमा कार्यक्रम आयोजना हुन लागेको छ ।













