पोखरा ।
स्याङ्जामा पहिरोबाट चौपायाको मृत्यु भएको छ ।
गएराती परेको अविरल वर्षाको कारण पुतलीबजार नगरपालिका वडा नम्बर १२ पेल्काचौर बस्ने वर्ष ४३ का गुमान सिंह गुरुङले पालेको २ वटा ब्याउने भैसी र एउटा गोरुको पहिरोले परिदाँ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।
गुरुङको कच्ची गोठको पछाडीबाट पहिरो आई गोठ भत्किदाँ गोठमा रहेका चौपायाको मृत्यु भएको प्रहरीले जनाएको छ ।













