अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्यूमरको अपरेसन

केन्द्रभाग मिडिया

काठमाडौं ।

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको अपरेसन भएको छ ।

‘६ माया छपक्कै’ को छायांकनमा व्यस्त रहेका बेला ढाड दुख्ने समस्या सुरु भएको दिपाको स्वास्थ्य जाँचको क्रममा ब्रेन ट्यूमर देखिएको बताइएको छ ।

दीपाश्रीको ब्रेन ट्यूमर ४ सेन्टिमिटरको भेटिएपछि चिकित्सकले तत्कालै उपचार गर्न भनेको बताइएको छ । अपरेसन पछि अहिले दिपाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताइएको छ ।

सहकर्मी कलाकार दीपकराज गिरीका अनुसार उनलाई जनरल वार्डमा सारिएको छ ।दिपाको अपरेसन माइतीघरस्थित न्यूरो अस्पतालमा भएको हो ।

  • २८ असार २०८३, आईतवार १७:०३ प्रकाशित