काठमाडौं ।
आत्मदाह प्रयास गरी गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको ज्यान गएपछि वीर अस्पतालमा सुरक्षा व्यवस्था कडा पारिएको छ । शुक्रबार नेपालीको उपचारका क्रममा सो अस्पतालमा ज्यान गएको थियो ।
अहिले वीर अस्पतालमा पीडित पक्षको भीड बढिरहेको छ । उनीहरुले जसको कारणले मर्न बाध्य बनाइयो उसलाई नि कारबाही हुनुपर्यो भन्दै आक्रोश पोखिरहेका छन् ।
नेपालीको अवस्था गम्भीर बन्दै गएपछि उनलाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने तयारी समेत गरिएको थियो । तर, स्वास्थ्य अवस्था स्थिर नभएका कारण उनलाई स्थानान्तरण गर्न सम्भव नभएको अस्पतालले जनाएको थियो । चिकित्सकहरूको अथक प्रयासका बाबजुद अन्ततः उपचारकै क्रममा उनको निधन भएको हो ।
उनले बिहीबार त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका थिए ।












