गुडिरहेको गाडीमा अक्सिजन सिलिन्डर विस्फोट : पैदल यात्रुको ज्यान गयो

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौंको माकलबारीमा अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनाको ज्यान गएको छ । गुडिरहेको गाडीमा सिलिन्डर विस्फोट हुँदा सिलिन्डरको टुक्राले लागेर पैदल यात्रुको ज्यान गएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिएका छन् ।

ज्यान गुमाउनेमा माकलबारी बस्ने ४६ वर्षीय विष्णु थापा रहेका छन् । सिलिन्डरको टुक्राले लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा लगिएको थियो ।प्रहरीका अनुसार थापालाई बिहान १०ः४६ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । उनको शव नेपाल मेडिकल कलेज अत्तरखेलमा राखिएको छ ।

घटनापछि चालक कृष्ण अधिकारी प्रहरी सम्पर्कमा रहेको र सवारी साधन घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।घटनाबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ ।

  • २६ असार २०८३, शुक्रबार १२:१४ प्रकाशित