कर्णाली नदीमा भेटिए दुई शव

केन्द्रभाग मिडिया

सुर्खेत ।

कर्णाली नदी अन्तर्गत कैलाली क्षेत्रमा दुई वटा शव भेटिएका छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी रामप्रसाद घर्तीका अनुसार, भेटिएका शवमध्ये एक जना १७–१८ वर्षको महिला र ३०–३५ वर्ष उमेर समूहको पुरुष रहेका छन् ।

यद्यपि पहिचान र सनाखत हुन भने बाँकी छ । पुरुषको शव कैलालीको मोहान्याल गाउँपालिका—६, सुङ्गरखालको कर्णाली नदी क्षेत्रमा भेटिएको हो भने महिलाको शव चिसापानीको गोरुङ्गे क्षेत्रमा भएको घर्तीले बताए ।

बिहीबार बिहान ११ः ३० बजे सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको जाँदै गरेको क।प्र। ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका—७ स्थित कर्णाली राजमार्गको साङ्गेतडा क्षेत्रमा दुर्घटना भएको थियो ।

गाडी राजमार्गबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको थियो । त्यसपछि गाडी नदीमा डुबेको थियो । गाडीमा सवारमध्ये कालिकोट पचालझरना गाउँपालिका—९ निवासी ५४ वर्षीय जेखे तिरुवा भीरमा अड्किएको अवस्थामा फेला परेका थिए । उनलाई अस्पतालले मृत घोषणा गरेको थियो । त्यस बाहेक गाडी र चार जना यात्रुको अवस्था अज्ञात छ ।

  • २२ असार २०८३, सोमबार १३:२७ प्रकाशित