अमेरिकी डलरको भाउ स्थिर, अस्ट्रेलियन डलरको भाउ बढ्यो

केन्द्रभाग मिडिया

पोखरा ।

आज (सोमबार) अमेरिकी डलर, कुवेती र बहराइन दिनारको विनिमयदर स्थिर छ । तर, अस्ट्रेलियन डलर, पाउन्डसहितका मुद्राको भाउ बढेको छ । युरोसहित केही मुद्राको भने भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी विनिमय दरकाअनुसार आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ । हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो ।

त्यसैगरी आज युरो १ को खरिददर १७३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५७ पैसा छ । हिजो युरो १ को खरिददर १७३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७४ रुपैयाँ ६५ पैसा थियो ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०३ रुपैयाँ ०१ पैसा र बिक्रीदर २०३ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०२ रुपैयाँ ९९ पैसा र बिक्रीदर २०३ रुपैयाँ ७९ पैसा थियो ।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०५ रुपैयाँ ५२ पैसा र बिक्रीदर १०५ रुपैयाँ ९४ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०५ रुपैयाँ ५० पैसा र बिक्रीदर १०५ रुपैयाँ ९२ पैसा थियो ।

त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९३ रुपैयाँ ८० पैसा र बिक्रीदर ४९५ रुपैयाँ ७५ पैसा छ । हिजो पनि कुवेती दिनारको विनिमयदर यही थियो।

आज बहराइन दिनार १ को खरिददर ४०३ रुपैयाँ ३० पैसा र बिक्रीदर ४०४ रुपैयाँ ८९ पैसा निर्धारण भएको छ । हिजो पनि बहराइन दिनारको विनिमयदर यही थियो ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।

  • २२ असार २०८३, सोमबार ०७:१५ प्रकाशित