काँग्रेस वडा सभापति हातहतियार खरखजनामा पक्राउ

केन्द्रभाग मिडिया

सांकेतिक तस्वीर

सोलुखुम्बु ।

नेपाली काँग्रेस थुलुङ दूधकोशी गाउँपालिका ७ का वडा सभापति मिलनकुमार राई पक्राउ परेका छन् । काठमाडौ जिल्ला अदालतको पक्राउ पूर्जीको आधारमा उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ ।

हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा अनुसन्धानमा मुद्दा परेपछि राई पक्राउ परेका हुन् ।हातहतियार खरखजना ऐन २०१९ तथा मुलुकी अपराध संहिता ऐन २०७४ को भाग २ को परिच्छेद ६ अनुसार कसुरदारलाई ३ वर्षसम्म कैद तथा ३० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

  • २० माघ २०७८, बिहीबार ०९:१७ प्रकाशित