काठमाडौं ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले आयतुल्लाह अली खामेनीको हत्याको बदला लिने घोषणा गरेको छ ।सुरक्षा परिषद्का सचिव मोहम्मद बाकर जोलकद्रद्वारा जारी सन्देशमा खामेनीको हत्याको बदला लिने घोषणा गरिएको हो ।
इरानी मिडियाले मोहम्मद बाकरद्वारा हस्ताक्षरित सन्देश प्रकाशित गरेको बीबीसीले जनाएको छ ।
बीबीसीका अनुसार सन्देशमा खामेनीको हत्याको बदला हत्यारहरूसँग अवश्य नै लिइने उल्लेख छ ।मोहम्मद बाकरको उक्त सन्देश सोशल मिडिया प्लेटफर्म ‘एक्स’द्वारा जारी गरिएको छ । इरानका सर्वोच्च नेता खामेनीको २८ फेबुअरी २०२६ मा अमेरिकी आक्रमणमा परी मृत्यु भएको थियो ।
उक्त आक्रमण इरानमाथि अमेरिकी र इजरायलको पहिलो आक्रमण थियो । उक्त आक्रमणमा कयौं अन्य महत्वपूर्ण इरानी अधिकारीहरूका साथ–साथै उनको परिवारका केही सदस्य पनि मारिएका थिए ।
खामेनीको अन्तिम संस्कार समारोह ४ देखि ८ जुलाईसम्म तेहरान, कोम र मशहदमा गरिने बीबीसीले जनाएको छ ।‘शोक सभाहरू इराकका सहरहरू बगदाद, काजमिन, कर्बला र नजफमा पनि आयोजना हुने छन्,’ समाचारमा भनिएको छ ।












